काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आज काठमाण्डौ महानगरपालिका वडा नं. ३ को मूल सडक महाराजगन्ज सल्लाघारीदेखि न्युरो अस्पताल बाँसबारीसम्म १०० बिरुवा वृक्षरोपण गरेको छ।
बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय वातावरण बनाउन काठमाण्डौ महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र काठमाण्डौ वडा नं. ३ का वडाध्यक्ष दीपक केसीले वृक्षरोपण गरी कार्यक्रमको सुरुआत गरेका थिए।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८३ वटा शाखा, २ वटा एक्सटेन्सन काउन्टरहरुलगायत २१ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा १०६ स्थानबाट ग्राहकलाई सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ। यसका साथै बंैकको देशभर ९१ वटा एटीएम सञ्चालनमा रहेको छ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरका साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखा र १६७ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा ३२८ स्थानबाट ग्राहकलाई सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ।
यसका साथै बैंकको देशभर २०० वटाभन्दा बढी एटीएम तथा ५ वटा एक्टेन्सन काउन्टर सञ्चालनमा छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19