काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीहरुलाई ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ।
बैंकले आज एक सूचना प्रकाशित गरी बैंकको वार्षिक साधारणसभाबाट पारित भएका आव २०७०/७१ सम्मको नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीहरुले बुझिलिन बाँकी रहेको भन्दै यस्तो आग्रह गरेको हो। तसर्थ नगद लाभांश बुझिलिन बाँकी सेयरधनीहरुले बैंकको सेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेडको काठमाण्डौको नक्सालस्थित कार्यालयमा सम्पर्क राखी नगद लाभांश बुझिलिन पनि बैंकले अनुरोध गरेको छ।
यो सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र आफ्नो बक्यौता नगद लाभांश बुझी नलिएमा उक्त रकम कम्पनी ऐन, द्द०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि बैंकले जनाएको छ।
यसैगरी आर्थिक वर्षहरु २०७३/७४, २०७५/७६ र २०७६/७७ को नगद लाभांश खातामा रकमान्तरण भई नसकेका सेयरधनीहरुले सम्बन्धित निक्षेप सदस्यकोमा गई आफ्नो बैंक खाता अद्यावधिक गर्न तथा सेयर भौतिक रुपमा रहेका सेयरधनीहरुको हकमा यथाशीघ्र अभौतिकीकरण गर्न पनि बैंकले आग्रह गरेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19