काठमाण्डौ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको अवधि थप एक साता लम्बाइएको छ। 

यसअघि थप गरिएको निषेधाज्ञाको अवधि आज भदौ ८ गते राति १२ बजेबाट सकिँदैछ। यसको पूर्वसन्ध्यामा आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको काठमाण्डौमा बसेको बैठकले निषेधाज्ञाको अवधि थप एक साता लम्बाउने निर्णय गरेको छ। योसँगै निषेधाज्ञा अब भदौ १६ गतेसम्म लम्बिएको छ। 

यसअघि थप गरिएको निषेधाज्ञामा उपत्यकाभित्र राति ८ बजेपछि निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। अब भने राति ८ बजेपछि पनि निजी तथा सार्वजनिक सवारीसाधन चलाउन पाइने निर्णय प्रजिअहरुको बैठकले गरेको छ। 

यसैगरी तालिमहरु पनि भौतिक रूपमा २५ जनासम्म उपस्थित भएर सञ्चालन गर्न दिइने निर्णय भएको छ। परीक्षाहरु पनि हल तथा कोठाको आकारअनुसार २५ जनाभन्दा बढी मानिसहरु भेला नहुने गरी सञ्चालन गर्न दिइने निर्णय भएको छ। 

परीक्षा सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्नेछ। 

यस्तो छ प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको निर्णयहरु –