काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले प्रभु बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनः पुष्टि गरेको छ।

[ICRANP-IR] BBB रेटिङ प्राप्त गर्ने निकाय तथा [ICRANP] LBBB रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षीत मानिन्छन्। यस्ता निकाय तथा उपकरणहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। 

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयतासम्बन्धी रायमात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने नरहेको इक्राले जनाएको छ। 

ऋणपत्रको रेटिङले कम्पनीको कुनै धितोपत्र खरिदबिक्री तथा स्वामित्वमा राख्न सिफारिस गरेको नजनाउने पनि इक्राले स्पष्ट पारेको छ। ‘यसका साथै यो कुनै मूल्य निर्धारण वा सूचीकृत मूल्य बारेको टिप्पणी पनि होइन’, इक्राले भनेको छ। 

रेटिङ वर्ग [ICRANP-IR] AA देखि [ICRANP-IR] C सम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइन (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ । यसको अर्थ [ICRANP-IR] BBB+ को स्थिति [ICRANP-IR] BBB भन्दा एक चिह्न माथि रहन्छ। जब कि [ICRANP-IR] BBB- को स्थिति [ICRANP-IR] BBB भन्दा एक चिह्न तल रहन्छ ।