काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुँजीबजारको विकास र विस्तारप्रति आफूहरु सकारात्मक रहेको बताएका छन्।
स्वतन्त्र पुँजीबजार सुधार संघर्ष समितिका प्रतिनिधिहरुसँगको आजको भेटमा अध्यक्ष प्रचण्डले सेयर बजारको पछिल्लो अवस्थाबारे आफू जानकार रहेको र सुधारका लागि आवश्यक पहल गर्ने पनि आश्वासत पारेका छन्। ‘अध्यक्ष प्रचण्ड पुँजी बजार सुधारका हाम्रा मागका विषयमा सकारात्मक हुनुहुन्छ’, संघका अध्यक्ष रोहन कार्कीले भने, ‘उहाँले अर्थ मन्त्रालयलगायतका निकायमा छलफल गरी जायज माग पूरा गराउन सहयोग गर्छु भन्नुभएको छ।’
संघले विभिन्न १७ बुँदे मागसहितको ज्ञापनपत्र पनि अध्यक्ष प्रचण्डलाई बुझाएको छ।
संघले पुँजीबजार सुधारका विभिन्न माग राख्दै आन्दोलन गर्दै आएको छ। ‘हामीले आन्दोलनको मोडालिटी परिवर्तन गर्दै छलफल र बहसलाई केन्द्रित गर्ने तयारी गरेका छौँ’, उनले भने, ‘हामी पुँजीबजारसँग सम्बन्धित विभिन्न निकायसँग भेटघाट गर्नेछौँ। सामाजिक सञ्जालहरुमा छलफल व्यापाक पार्ने छौँ।’
सेयर धितो कर्जाको ४ करोड र १२ करोडको नीति खारेज गर्नुपर्ने, बैंकलाई ब्रोकर लाइसेन्स, ब्रोकर कमिसन घटाउनुपर्ने, बजारमा स्थिर नीति ल्याउनुपर्नेलगायतका माग लगानीकर्ताहरु अघि सार्दै आएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19