काठमाण्डौ । सर्वसाधारण सेयर समूहअन्तर्गत एचआइडिसिएलको हकप्रद भर्न छुटी अक्सनमा ल्याइएको करिब ३२ लाख २९ हजार ७९४ कित्ता सेयरको आज बाँडफाड भएको छ ।
बिक्री नभएको सेयर दसैं अगाडि एक कार्यक्रममार्फत बोलकबोल विधिबाट बिक्रीमा ल्याइएको थियो ।
ग्लोबल आइएई क्यापिटलका अनुसार बोलकबोलमार्फत सर्बसाधरणलाई बेचिएको यो कम्पनीको सेयरको कटअफ मूल्य २२५ रुपैयाँ रहेको छ ।
क्यापिटलकाअनुसार सेयर नपाएका लगानीकर्ताको पैसा ढिलोमा आगामी आइतबारसम्म खातामा पठाइनेछ। सेयर पाउन सफल भएका लगानीकर्ताको लागि सेयर आउन भने घटीमा एकदेखि डेढ महिना लाग्ने छ ।
हकप्रद सेयर र अक्सनको सेयर एकैसाथ लिस्टिङग भएर आउने क्यापिटलले जनाएको छ । अन्य सेयरको जस्तै यो सेयर पनि पहिला धितोपत्र बोर्डमा जानेछ र त्यसपछि नेप्से र सिडिएसी हुँदै कम्पनी रजिस्टारको कार्यालयबाट नेप्सेमा लिस्टिङ हुनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago