काठमाण्डौ । नेपाल आयाल निगमले कर्मचारीलाई बोनस बाँडन सबा दुई अर्ब रुपैंया विनियोजन गरेको छ । निरन्तर घाटामा रहेको निगमले विभिन्न बैंक तथा वित्तीय संस्था तथा सरकारसंगको ३६ अर्ब रुपैंया ऋण तिरेर खुद मुनाफा कमाएपछि बोनस बाँडन रकम छुट्याएको हो ।
निगम साधारणसभाले आर्थिक वर्ष ०७२/०७३ सम्म कर्मचारीलाई बोनस वितरण गर्न विनियोजन गरिएको दुई अर्ब २६ करोड १७ लाख ६१ हजार रुपैंया अनुमोदन गरेको छ ।
बोनस ऐनमा संस्थान नाफामा गएपछि कर्मचारीले कुल नाफाको ६ प्रतिशत वा तीन महिनाको तलबबराबरको बोनस खान पाइने ब्यवस्था छ । निगमले इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन) र ग्यास बेचेर नाफा कमाएको हो । निगम नाफामा गएपछि बोनस खाने बाटो खुलेको हो । यो खबर आजको नागरिकमा छापिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago