काठमाण्डौ । न्युजिल्यान्डमा आजबाट ‘इच्छा मृत्यु’ ले कानुनी मान्यता पाएको छ। 

इच्छा मृत्युले कानुनी मान्यता पाएसँगै न्युजिल्यान्डको यो कानुनका विषयमा लामो चल्दै आएको बहस टुंगिएको छ। यो कानुन लागू भएसँगै अब बिरामी व्यक्तिले सर्त र नियमको अधिनमा रहेको इच्छा मृत्यु चयन गर्न सक्छ। ती व्यक्तिले इच्छा मृत्युको चयन गर्न सक्छन्, जो टर्मिनल इलनेस (यस्तो रोग जसका कारण ६ महिनाभित्र मृत्यु निश्चित छ) बाट पीडित छन्। 

इच्छा मृत्युको स्वीकृति अथवा प्रक्रियाका लागि कम्तीमा पनि २ जना चिकित्सकको सहमति आवश्यक हुने पनि कानुनमा उल्लेख छ। 

न्युजिल्यानडमा इच्छा मृत्युको मुद्दामा हालै जनमतसंग्रह भएको थियो। जसमा ६५ प्रतिशतले इच्छा मृत्युको कानुनको पक्षमा मतदान गरेका थिए। 

त्यसो त इच्छा मृत्युको कानुन लागू गर्ने न्युजिल्यान्ड पहिलो देश भने हो। यसअघि स्विट्जरल्यान्ड, नेदरल्यान्डस, स्पेन, बेज्लियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बियामा यो कानुन लागू भइसकेको छ। – एजेन्सी