काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले बामती प्रदेशको काठमाण्डौ महानगरपालिका वडा नं. २२ पाको न्यूरोडमा रहेको मुख्य शाखा कार्यालयलाई सोही वडाको मिरा होम खिचापोखरीमा स्थानान्तरण गरी कारोबार सुरुआत गरेको छ।
स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयबाट वित्तीय संस्थाका अध्यक्ष किशोरकुमार महर्जनको उपस्थितिमा कारोबार शुभारम्भ गरिएको हो। उक्त अवसरमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले नयाँ क्षेत्रमा स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयले नयाँ व्यवसाय विस्तारमा ठूलो भूमिका खेल्नसक्ने सम्भावनाबारे चर्चा गर्दै आसपासका व्यवसायीहरुलाई सहज र सरल वित्तीय सेवा प्रदान गर्दै व्यवसायिक गतिविधिहरु बढाउनेतर्फ अग्रसर रहन शाखा प्रबन्धक लगायत शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिए।
एटीएम, मोबाइल बैंकिङ, ई–बैंकिङ, आईपीएस, कनेक्ट आईपीएस, सी–आस्बालगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैंकिङ तथा रेमिट्यान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ।
फाइनान्सले हाल १६ शाखा कार्यालय तथा ५ वटा विस्तारित काउन्टरमार्फत वित्तीय सेवाहरु प्रवाह गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19