काठमाण्डौ। नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालज्यूको नेतृत्वमा गएको ८ सदसिय प्रतिनिधिमण्डलले आज अर्थमन्त्री जनार्दन शर्मासँग अर्थ मन्त्रालय भेट गरेको छ। 

उक्त भेटघाटमा अध्यक्ष दुलालले सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोबाइल व्यवसायमा सकारात्मक प्रभाव पारेका कारण सवारीसाधनहरुको आयातमा आर्थिक बर्ष २०७६÷७७ को तुलनामा आर्थिक बर्ष २०७७÷७८ मा सतप्रतिशत वृद्धि भएको बताए। चालु आर्थिक बर्षमा अझ बृद्धि हुने उल्लेख गर्दै उनले सरकारले ल्याएका नीतिहरुको निरन्तरताका लागिसमेत आग्रह गरे। 

छलफलमा अध्यक्ष दुलालले मंसिर २२ गते काठमाण्डौमा सम्पन्न हुने नाडाको आउँदो ४५ औँ वार्षिक साधारणसभाको प्रमुख अतिथिका लागि अर्थमन्त्री शर्मालाई अनुरोधसमेत गरेका छन्। 

छलफलमा उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलगायत मोटरसाइकल समितिका सभापति अभिक ज्योति, कन्सट्रक्सन इक्युपमेन्ट, वर्कशप टुल्स एन्ड ट्रयाक्टर समितिका सभापति मिलनबाबु मल्ल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति थियो।