काठमाण्डौ । विगत २० वर्षदेखि एभरेष्ट अस्पतालले विभिन्न बिरामीलाई सेवा दिँदै आएको छ। 

एभरेष्ट अस्पताल स्त्रीरोगसम्बन्धी ल्याप्रोस्कोपी सर्जरी गर्ने बिरामीहरुको प्रथम केन्द्रविन्दु बन्न पुगेकोे छ। ल्याप्रोस्कोपी सर्जरी भनेको पेटमा स–साना घाउ बनाई दुर्बिनको सहायताबाट तल्लो पेटका भित्री अंगका समस्या हेर्ने र उपचार गर्ने विधि हो। 

पछिल्लो समय एभरेष्ट अस्पतालबाट दुर्बिनमार्फत गरिने स्त्रीरोगको उपचार ल्याप्रोस्कोपी विधिबाट सञ्चालनमा आएसँगै उपत्यकाभित्र र बाहिरका बिरामीहरुका लागि प्रथम रोजाइ बन्न पुगेको छ। 

गत भदौ महिनाबाट सञ्चालनमा आएपछि यसमा ल्याप्रोस्कोपी गाइनोलोजिस्ट विशेषज्ञ डा. राजन शाह र उनको नेतृत्वको टिमले गत भदौ महिनादेखि सफल शल्यक्रिया गर्दै आएका छन्। 

अस्पताल प्रशासनका अनुसार यस प्रविधिबाट देशको पूर्वदेखि सुदूरपश्चिमसम्मका बिरामी आएर शल्यक्रिया गराएका छन्। गएको महिनाको तथ्यांक हेर्दा मंसिर महिनामात्रै ३२ बिरामीले दुर्बिनका माध्यमबाट स्त्रीरोगसम्बन्धी सफल शल्यक्रिया गराएका छन्।

ल्याप्रोस्कोपीका विधिबाट शल्यक्रिया गराउँदा एक सेन्टिमिटर र आधा सिन्टिमिटरका स–साना प्वालमात्र बनाई शल्यक्रिया गरिन्छ। यसबाट बिरामीलाई दुखाई महसुस एकदमै कम हुने र बिरामीको शरीरबाट रगत एकदम कम खेर जाने गर्दछ।

त्यस्तै अन्य फाइदाहरुमा घाउ सानो हुने भएकोले चाँडै सन्चो हुनुका साथै घाउ पाक्ने सम्भावना पनि कम हुन्छ। शल्यक्रिया गरेको २४ घण्टाभित्र बिरामी हिँडडुल गर्न सक्ने भएकाले अस्पतालबाट चाँडै डिस्चार्ज हुन्छ। यसर्थ चाँडै आफ्नो दैनिक काममा फर्कन सक्छन्। 

यसका साथै एभरेष्ट अस्पतालमा महिलाहरुको समस्याको गरिने शल्यक्रियाहरु, पाठेघरमा मासु पलाएको निकाल्ने शल्यक्रिया, पाठेघर निकाल्ने शल्यक्रिया, अन्डा वा डिम्बासयमा सिस्ट पलाएको शल्यक्रिया, बाझोेपन वा नली बन्द भएको गर्नेलगायत महिलासँग जोडिएका थुप्रै समस्याको उपचार तथा शल्यक्रिया दुर्बिनमार्फत गरिन्छ।