काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सेयरको घरायसी तथा मृत्यु नामसारी सेवा थप एक साताका लागि बन्द गरेको छ। 

कोभिडको तेस्रो लहरसँगै सीडीएससीमा कार्यरत अधिकांश कर्मचारी संक्रमित भएपछि सीडीएससीले गत माघ ४ गते एक सूचना जारी गर्दै माघ ११ गतेसम्मका लागि घरायसी तथा मृत्यु नामसारी सेवा बन्द थियो। 

सीडीएससी पुनः अर्को सूचना जारी गर्दै कोभिड संक्रमण बढ्दै गइरहेको र कर्मचारीहरु होम आइसोलेसनमा बसिरहेका कारण यो सेवा थप एक साता अर्थात माघ १९ गतेसम्मका लागि बन्द गरिएको जनाएको छ। 

यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाका लागि सीडीएससीले क्षमायाचना गरेको छ।