काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले नबिल बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनःपुष्टि गरेको छ।

इक्राले नबिल बैंकलाई प्रदान गरेको (इक्रा–आईआर) एए माइनसको निष्कासनकर्ताको रेटिङ र (इक्राएनपी) एलएए ऋणपत्र निष्कासन प्रयोजनार्थ प्रदान गरिएको रेटिङलाई पुनःपुष्टि गरेको हो। 

(इक्रा–आईआर) एए रेटिङ प्राप्त गर्ने निकाय तथा (इक्राएनपी) एलएए रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकाय तथा उपकरणहरुमा ज्यादै न्यून क्रेडिट जोखिम रहेको हुन्छ।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने नरहेको इक्राले स्पष्ट पारेको छ। ‘ऋणपत्रको रेटिङले कम्पनीको कुनै धितोपत्र खरिदबिक्री तथा स्वामित्वमा राख्न सिफारिस गरेको जनाउँदैन’, इक्राले भनेको छ, ‘यसका साथै यो कुनै मूल्य निर्धारण वा सूचीकृत मूल्यबारेको टिप्पणी पनि होइन।’