काठमाण्डौ । सरकारले भोलि माघ १९ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

सरकारले भोलि सोनाम ल्होछारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालय आज एक विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो। 

विज्ञप्तिमा माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। योसँगै भोलि सेयर बजार पनि बन्द रहने भएको हो।