काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले सानिमा क्यापिटल लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी) एएमसी क्वालिटी ३ रेटिङलाई पुनःपुष्टि गरेको छ। एएमसी ३ रेटिङ प्रदान गरिएको निकायको व्यवस्थापन गुणता पर्याप्त मात्रामा आश्वस्थ हुन सकिने भनी निर्धारण गरिएको हुन्छ।
इक्रा नेपालले दिने राय व्यवस्थापकले व्यवस्थापन गरेको योजनाको कानूनी पालना, वित्तिय कार्य सम्पादन तथा भविष्यको कार्य सम्पादन बारेको राय भने होइन।
इक्रा नेपालले एएमसी १ देखि एएमसी ५ सम्मको स्केलमा रेटिङ प्रदान गर्दछ। जसमा एएमसी १ ले अति उच्च मात्रामा व्यवस्थापन गुणबारे आश्वस्थ मानिने र एएमसी ५ ले कमजोर व्यवस्थापन गुण जनाउँछ। गुणता रेटिङ २, ३ र ४ मा प्रयोग गरिने प्लस (जोड) चिह्नले त्यस वर्गको तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19