काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) अवितरित संस्थापक समूहको हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ।
कम्पनी सञ्चालक समितिको आज माघ २० गते बिहान बसेको बैठकले अविपरित संस्थापक समूहको हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने निर्णय गरेको हो। कम्पनीले जारी गरेको हकप्रद सेयरमध्ये संस्थापक समूहअन्तर्गतको बिक्री नभएको ३ करोड ३० लाख कित्ता सेयर पुनः लिलामी बढाबढ प्रक्रियामार्फत बिक्री खुला गर्ने निर्णय गरेको हो।
लिलामी बढाबढ प्रक्रियासम्बन्धी सूचना पछि प्रकाशित गरिने कम्पनीले जनाएको छ।
कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म हकप्रद जारी गरेको छ। कम्पनीले चुक्तापुँजी १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद जारी गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19