काठमाण्डौ । अध्ययन पूरा गरेपछि अमेरिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (STEM) विषयहरुमा करिअर बनाउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई सजिलो हुने गरी बिडेन–ह्यारिस प्रशासनले हालै घोषणा गरेको नयाँ कार्यहरुलाई स्टडी ग्रुप स्वागत गर्दछ।
अध्ययनपश्चात अमेरिकामा आफ्नो करिअर निर्माण गर्न चाहने मेधावी अन्तर्राष्ट्रिय विद्यार्थीका लागि बिडेन–ह्यारिस प्रशासनले भर्खरै आफ्नो केही योजनाहरु घोषणा गरेको छ। जसले विद्यार्थीको अध्ययनपछिको रोजगारी र अमेरिकाको बसाइलाई सजिलो बनाउनेछ।
ती योजनाहअनुसार STEM Optional Practical Training (OPT) कार्यक्रममा अध्ययनका लागि २२ नयाँ विषयहरु थपिएका छन्। जुन एफ–वान भिसा भएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई उक्त विषयहरुमा स्नातक, स्नातकोत्तर र पीएचडी गर्न सक्षम बनाउन र अध्ययनपश्चात कामको अनुभव प्राप्त गर्न ३६ महिनासम्म अमेरिकामा बस्न पाउनेछन्।
यसबाहेक अमेरिकी सरकारको शैक्षिक र सांस्कृतिक मामिला हेर्ने ब्युरो (ईसीए) ले आप्रवासी–आप्रवासी ब्रिज युएसए एक्सचेन्ज आगन्तुकहरुलाई सुविधा दिनेछ र जे–वान स्नातक र स्नातकोत्तर विद्यार्थीलाई ३६ महिनासम्म STEM क्षेत्रहरुमा थप शैक्षिक प्रशिक्षण पनि प्रदान गर्नेछ।
यसैबीच विज्ञान, व्यवसाय, शिक्षा, वा एथलेटिक्सको क्षेत्रमा अभूतपूर्व कौशलता प्रदर्शन गर्ने व्यक्तिहरुलाई O–1A non–immigrant स्टेटस पनि उपलब्ध हुनेछ।
स्टडी ग्रुपका युनिभर्सिटी पार्टनरसिपको कार्यकारी उपाध्यक्ष जोशुआ रुबिनले भने, ‘हामी विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विधाका विश्वव्यापी प्रतिभाहरूलाई आकर्षित गर्न अमेरिकी सरकारले पेस गरेको नयाँ योजनाहरुलाई स्वागत गर्दछौँ। यस योजनाले संयुक्त राज्य अमेरिकामा STEM विधामा डिग्री–स्तरका कार्यक्रमहरु अध्ययन गर्न इच्छुक अन्तर्राष्ट्रिय विद्यार्थीहरुले विश्वस्तरीय शिक्षा लिन र सम्बन्धित कामको अनुभव प्राप्त गर्न सक्छन्।’
स्टडी ग्रुपएक अन्तर्राष्ट्रिय शिक्षा प्रदायक हो। जसले विविध प्रतिभा र पृष्ठभूमि भएका युवाहरुलाई उपयुक्त हुने ५०० भन्दा बढी शिक्षण कार्यक्रमहरु प्रदान गर्दछ। यसको बेलायत र युरोप, उत्तर अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न विश्वविद्यालयहरुसँग काम गरेको आफ्नो अनुभवले प्रतिभाशाली विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय शिक्षाको जगतमा आफ्नो पहिचान बनाउन मद्दत गर्दछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago