काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ३ करोड ३० लाख कित्ता संस्थापक सेयर फागुन १ गतेबाट लिलामीमार्फत बिक्री गर्ने भएको छ।

कम्पनीले यसअघि निष्कासनको गरेको हकप्रद सेयरमा बिक्री हुन बाँकी रहेको उक्त परिमाणको संस्थापकको सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो। यो लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० अंकले भाग जाने संख्यामा आवेदन पेस गर्नुपर्नेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडको काठमाण्डौको नक्सालस्थित कार्यालय वा ग्लोब आईएमई बैंकका शाखाहरु बिर्तामोड, हुनमानदास रोड (विराटनगर), जनकपुर, आदर्शनगर (वीरगन्ज), हेटौँडा, नारायणगढ, न्युरोड (पोखरा), बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पनि पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो फागुन १५ गते बैंकिङ समयसम्म तोकिएको छ।