काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आजदेखि नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ। 

मुद्दति र क्रमिक बचतलाई एकीकृत गरी योजना सार्वजनिक गरिएको हो। यसरी सार्वजनिक गरिएको नयाँ निक्षेप योजनाको नाम एकीकृत मुद्दति क्रमिक बचत योजना रहेको छ। यस योजनाअनुसार ग्राहकहरुले रु. २५ हजारदेखि रु. १० लाखसम्मको मुद्दति खाता खोली उक्त मुद्दती निक्षेपबाट आर्जित ब्याज मासिक नियमित रुपमा क्रमिक बचत खातामा जम्मा हुँदै जानेछ। 

यस योजनाअन्तर्गत खोलिएका खाताहरुको समयावधि १ देखि १० वर्ष सम्म हुनेछ। यस निक्षेप योजनाको ब्याजदर मुद्दति निक्षेपकै बराबर रहनेछ। यो खाता खोल्ने ग्राहकलाई दुर्घटना बीमा, निःशुल्क आस्बा सेवा, मोबाइल बैंकिङ तथा कर्जाको सेवा शुल्कमा विशेष छुटलगायतका सहुलियतहरु प्राप्त हुनेछ। 

यसरी ग्राहकले दीर्घकालीन लगानीका रुपमा मुद्दति निक्षेपबाट आर्जित ब्याज क्रमिक बचत खातामा मासिक रुपमा जम्मा हुँदै जाने र ग्राहकहरुले सो सम्पूर्ण साँवा ब्याजको रकम उच्च प्रतिफलसहित एकमुष्ठ प्राप्त गर्ने हुँदा यस बचत योजनामा सहभागी हुने निक्षेपकर्ताले उच्च शिक्षा, घरजग्गा खरिद, वैवाहिक कार्यक्रम, धार्मिक कार्यहरु, वैदेशिक भ्रमणलगायतका अवसरलाई अझ सहज एवं उल्लासमय रुपमा सम्पन्न गर्नसक्ने जानकारी प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले दिए।