काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले लक्ष्मी बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनःपुष्टि गर्नुका साथै प्रतिकूल प्रभावसहित सूक्ष्म निगरानीमा राखेको छ।
(इक्राएनपी–आईआर) बीबीबी रेटिङ प्राप्त गर्ने निकाय तथा (इक्राएनपी–आईआर) एलबीबीबी रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयतासम्बन्धी रायमात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने नरहेको इक्राले जनाएको छ।
ऋणपत्रको रेटिङले कम्पनीको कुनै धितोपत्र खरिद, बिक्री तथा स्वामित्वमा राख्न सिफारिस गरेको जनाउँदैन। यसका साथै यो कुनै मूल्य निर्धारण वा सूचीकृत मूल्यबारेको टिप्पणी पनि होइन।
रेटिङ वर्ग एएदेखि सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ बीबीबी प्लसको स्थिति बीबीबीभन्दा एक चिह्न माथि र बीबीबी माइनसको स्थितिभन्दा एक चिह्न तल रहन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19