– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर बजार घटबढ हुनु स्वाभाविक मानिन्छ। घटेपछि बढ्नु र बढेपछि घट्नु नियमित प्रक्रिया नै हो।
पछिल्लोपटक लगभग २९२२ को विन्दुबाट घट्न थालेको बजार २५०० को विन्दुबाट उकालो यात्रा तय गरेको छ। बजारमा अबको यात्रा के–कस्तो होला भनेर हामीले विभिन्न अल्पकालीन तथा दीर्घकालीन औजारमार्फत बजारको अवस्था केलाउने कोसिस गरेका छौँ।
इलिअट वेभका आधारमा
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
सन् २०१९ नोभेम्बर महिनादेखि हालसम्मको बजारले बनाएको रोखाचित्रलाई आधार मानेर इलिअट वेभमार्फत विश्लेषण गर्ने हो भने बजारले ३२०० सम्म इलिअट वेभको (१ देखि ५ सम्म)को वेभ बनाएको देखिन्छ। त्यसपछि लगभग २२६० विन्दुसम्म वेभ ए, बी र सी चलेर लगभग एउटा चक्र पूरा गरेर त्यहाँबाट नयाँ चक्रको सुरुआत भएको सम्भावना प्रवल छ। यदि त्यसो भएको हो भने नयाँ चक्र अन्तर्गत वेभ (१) २२६० देखि २९२२ सम्म वेभ (२) मा करेक्सन भएर हालको न्यून विन्दु २५०० सम्म आएको देखिन्छ। अब वेभ (३) चल्दा बजार लगभग पहिलाको रेकर्ड तोडेर लगभग ३३०० सम्म बजार पुग्न सक्छ। वेभ (४) मा करेक्सन भएर पुनः ३००० हजारसम्म र वेभ (५) मा फेरि बजार लगभग ३७६० सम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवामा २८०२ को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवामा २७०२ को विन्दुसम्म, ०.५ प्रतिशतको टेवामा २६१० को विन्दुसम्म र ०.६१ को टेवामा २५३१ विन्दुसम्म बजार आउन सक्ने देखिन्छ। (जुन तल तस्बिरमा हेर्न सकिन्छ)
एमएसीडी लाइनका आधारमा
एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। यो लाइनअन्तर्गत भन्नुपर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्न थालेको जस्तो देखिन्छ (हेर्नुहोस् हरियो एरो)। हिस्टोग्राम केही नकारात्मक भए पनि छोटा–छोटा भएका छन् (हेर्नुहोस् कालो एरो)। यो आधारमा बजारमा अब घट्ने क्रम रोकिएको बुझ्न सकिन्छ।
बोलिंगर ब्यान्डका आधारमा
यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो।
बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले तल्लो ब्यान्डमा छोएर माथि गएको देखिन्छ। यसका साथै मूल्यरेखाले मध्य ब्यान्डलाई ब्रेक गरेर माथि गएको छ। यसले अल्पकालका लागि प्राविधिक पक्ष हेरेर कारोबार गर्नेहरुका लागि कन्फर्मेसन मिलेको बुझिन्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ४९ मा रहेको छ। जसको अर्थ हुन्छ सेन्ट्रल जोनमा छ र अघिल्लोपटक यो विन्दु ७३ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई १९ मा आउँदा अघिल्लोपटक बजारमा बुलिस यात्रा तय भएको थियो।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २७१४
घटेमा सपोर्ट
निष्कर्ष
प्राविधिक रुपमा केही अल्पकालीन औजारहरुले बजार अब लगभग घट्ने क्रम सकिएको संकेत गरेका छन्। एमएसीडी लाइनमा हिस्टोग्राम छोटिँदै गएर बुलिस क्रसओभर बन्न लागेको देखिन्छ। विगतको इतिहास हेर्दा यो लाइनमा क्रसओभर भएपछि बजार लामो समय बढ्ने तथा घट्ने हुने गर्छ। बोलिंगर ब्यान्डअन्तर्गत मूल्यरेखाले मध्य ब्यान्डलाई ब्रेक गरेका कारण पनि अब प्राविधिक रुपमा खरिदका लागि कन्फर्मेसन मिलेको बुझ्न सकिन्छ।
एमएसीडी, बोलिंगर ब्यान्ड, भोलुम र आरएआईको संयुक्त विश्लेषणले अब बुलिस यात्रा तय गरेको अनुमान लगानउन सकिन्छ। यदि आगामी कारोबारमा बजार डाउ थेउरीअन्तर्गत हायर हाई र हायर लोका सिरिजहरु बन्दै जान्छन् भने बजार बुलिस बन्दै गएको मान्न सकिन्छ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago