काठमाण्डौ । कोभिडका कारण नेपाली होली पर्व २ वर्ष खुलेर मनाउन पाएनन्। रङको यो कोभिडका कारण फिक्का रह्यो।
कोभिडको प्रभाव न्यून बनेसँगै यसपालि भने नेपाली होली पर्व खुलेर धमाधामका साथ मनाइरहेका छन्। आज हिमाली र पहाडी क्षेत्रका मानिसले होली पर्व मनाइरहेका छन्। तराई क्षेत्रका मानिसले भोलि होली मनाउनेछन्।
आज काठमाण्डौ उपत्यकामा पनि होली उत्साहपूर्वक मनाइरहेका छन्। विभिन्न स्थानमा होली विशेष कार्यक्रम गरेरै यो पर्व मनाइरहेका छन्।
काठमाण्डौका सडकहरुमा रमाइलो गरी होली मनाइरहेका दृश्यहरु देख्न सकिन्थ्यो। युवाहरु एकआपसमा रङ दलेर खुसियाली साटासाट गरिरहेका छन्।
काठमाण्डौको ठमेल, असन, वसन्तपुरलगायतका क्षेत्रमा ठूलो संख्यामा युवाहरु होली खेलेर रमाइलो गरिरहेका छन्। विदेशी पर्यटकहरु पनि होलीको मज्जा लिइरहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19