काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले पर्यटन आर्कषण र लगानीमार्फत भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न नवनियुक्त राजदूत शंकर शर्मालाई सुझाव दिएको छ।
भारतका लागि नवनियुक्त राजदूत शर्मासँग जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरले जलविद्युत क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउनका लागि पहल गर्न आग्रह गरेको हो। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत तथा सेवा क्षेत्रमा भारतीय लगानी आर्कषित गर्नुपर्नेमा जोड दिए।
‘समग्र आयातको ६५ प्रतिशत हिस्सा भारतले ओगटेको छ। निर्यातको हिस्सा पनि सवैभन्दा धेरै भारतसँगै ७५ प्रतिशत छ। चालु आर्थिक वर्षको ८ महिनामै भारतसँग व्यापारघाटा ६ खर्व ७९ अर्व रुपैयाँ पुगिसकेको छ’, उनले भने, ‘व्यापारघाटा कम गर्ने एक मात्रै बिकल्प भारतीय लगानीमार्फत उत्पादन वृद्धि र पर्यटन आवगमन बढाउनु हो।’
सबैभन्दा नजिकको छिमेकी भारतमा रहेका १ अर्व ३८ करोड जनसंख्याको ०.२५ प्रतिशत जनसंख्यालाई मात्रै पनि नेपालको भ्रमणमा ल्याउन सकिने हो भने नेपालले धरै फाईदा लिन सक्ने अध्यक्ष मल्लको भनाइ छ। मध्यम र उच्च आय भएका भारतीय नागरिकलाई नेपालमा आर्कषित गर्न सके धरै फाइदा लिन सकिने अध्यक्ष मल्लले बताए।
राजदूत शर्मासँग अध्यक्ष मल्लले निर्यात सहजीकरण गरिदिन पनि आग्रह गरे। उच्चस्तरीय क्वारेन्टिन ल्याब भन्सारमा नहुँदा भारतबाट आयता निर्यात हुने वस्तुहरुको गुणस्तर मापन हुन नसकेको भन्दै अध्यक्ष मल्लले राजदूत शर्माको ध्यानकर्षण गराए।
चेम्बरका पदाधिकारीले विशाखापट्नम बन्दरगाह, उडिसाको धर्मा पोर्ट तथा गुजरातको मुन्द्रा पोर्डमा नेपाली व्यवसायीले अनावश्यक दुःख पाईरहेको गुनासो गरेका थिए। नेपाली सामान बोकेका कन्टेनरहरु लामो समयसम्म रोकिँदा अतिरिक्त भार बढेकाले पारवहन सहजीकरण गरिदिन चेम्बर पदाधिकारीले आग्रह गरेका थिए।
जबाफमा राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण र निर्यात सहजिकरण आफ्नो प्राथमिकतामा रहेको बताए। उनले क्वारेन्टिन ल्याव स्थापनका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाए।
नेपाल भारत निजी क्षेत्रबीच सहकार्य गराएर लगानी भित्र्याउनका लागि आफूले पहल गर्ने राजदूत शर्माको भनाइ छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19