काठमाण्डौ । कर तथा अध्यागमन परामर्शदाता कम्पनी नोम्याड क्यापिटलिस्टले ‘नोम्याड पासपोर्ट इन्डेक्स २०२२’ प्रकाशित गरेको छ। 

नोम्याडले विश्वका १९९ देशका पासपोर्टहरुको सूचकांक प्रकाशित गरेको हो। विश्वका अन्य पार्सपोट र्यांकिङ कम्पनीहरुले निःशुल्क भिसा र अनअराइभल भिसाका आधारमा सूची तयार पार्ने गरेकोमा नोम्याडले भने यसमा कर, विश्वको धारणा, दोहोरो नागरिकता लिन सक्ने क्षमता र व्यक्तिगत स्वतन्त्रतालाई आधारमा मानेर सूची तयार पारेको जनाएको छ। 

नोम्याड पासपोर्ट इन्डेक्स २०२२ का अनुसार विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट लक्जम्बर्गको रहेको छ। १९९ वटा देशको सूचीमा युरोपको सानो देश लक्जम्बर्गले कुल ११६ अंक हासिल गर्दै विश्वकै शक्तिशाली पासपोर्टको उपाधि हात पारेको नोम्याड क्यापिटलिस्टले जनाएको छ। 

लक्जमवर्गको पासपोर्टबाट १८९ देशमा निःशुल्क भिसा तथा अनअराइभल भिसा प्राप्त गर्न सकिन्छ। नोम्याडले लक्जम्बर्गलाई यात्रामा ५० प्रतिशत करमा ३० प्रतिशत, दोहोरो नागरिकतामा ५०,विश्वको धारणमा ५० र स्वतन्त्रतामा ५० प्रतिशत अंकभार प्रदान गरेको छ।  
त्यस्तै स्विडेनको पासपोर्ट विश्वको दोस्रो शक्तिशाली पासपोर्टका रुपमा रहेको छ। 

यी हुन् विश्वका शीर्ष १० शक्तिशाली पासपोर्ट–

१९९ देशकको सूचीमा नेपालको पासपोर्ट १८८ स्थानमा रहेको छ। नेपालले जम्मा २९.५० अंक प्राप्त गरेको छ। नेपालको पासपोर्टबाट ३७ वटा देशमा निःशुल्क भिसा प्राप्त गर्न सकिन्छ। नोम्याडले नेपाललाई करका आधारमा ३० प्रतिशत, विश्वको धारणाका आधारमा २० प्रतिशत, दोहोरो नागरिकताका आधारमा १० प्रतिशत र स्वतनत्रताका आधारमा २० प्रतिशत अंकभार प्रदान गरेको छ। 

रिपोर्टका अनुसार सार्क देशमा माल्दिभ्सको पासपोर्ट सबैभन्दा शक्तिशाली रहेको छ। विश्वका शक्तशाली पासपोर्टको सूचीमा माल्दिभ्सको पासपोर्ट १०१ औँ स्थान रहेको छ। त्यस्तै भुटान १४५, भारत १६२, श्रीलंका १७२, बंगलादेश १७८ र पाकिस्तानको पासपोर्ट १९६ औँ स्थान रहेका छन्। 

नोम्याडका अनुसार विश्वको सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको रहेको छ। अफगानिस्तानले जम्मा २० अंक मात्रै प्राप्त गरेको छ। 

यी हुन् विश्वका शीर्ष १० कमजोर पासपोर्ट–