काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेका (इक्राएनपी–आईआर) बीबी प्लस निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गरेको छ।

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। ‘उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन’, इक्राले भनेको छ।

रेटिङ वर्ग (इक्राएनपी–आईआर) एएदेखि (इक्राएनपी–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ (इक्राएनपी–आईआर) बीबी प्ल्सको स्थिति (इक्राएनपी–आईआर) बीबीभन्दा एक चिह्न माथि रहन्छ। जब कि (इक्राएनपी–आईआर) बीबी माइनसको स्थिति (इक्राएनपी–आईआर) बीबीभन्दा एक चिह्न तल रहन्छ।