 
                     
                                
                             
                                    काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
गत आर्थिक वर्षको बोनस सेयरका लागि नेप्सेले प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६०२.८० रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ६४५ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आज चैत २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो चैत २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
कम्पनीको २० औँ वार्षिक साधारणसभा आउँदो वैशाख ११ गते हुनेछ। सभा वीरगन्जको दियालो लर्डस प्लाजामा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँको कुल ७.३६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने ७ करोड ७५ लाख ९८ हजार २५९ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशतले हुन आउने ४० लाख ८४ हजार ११९ रुपैयाँबराबरको नगद लाभांश छन्।
सभाले बोनस सेयर पारितपछि सोहीअनुसार अधिकृत, चुक्ता र जारी पुँजी कायम गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19