काठमाण्डौ । गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा बुढानीलकण्ठमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। 

बुढानीलकण्ठ नगरपालिका–४ मा आयोजित शिविरमा ४०० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका आयोजकले जनाएको छ। 

बूढानीलकण्ठ–४ का वडासदस्य श्रीराम केसीका अनुसार शिविरमा काठमाण्डौ मेडिकल कलेजका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराएका थिए। 

शिविरमा बालरोग, नाक, कान, घाँटी, स्त्रीरोग, शल्यक्रिया, हाडजोर्नी, आँखा र दाँतको निःशुल्क परीक्षण गरिएको थियो।

शिविरमा ईसीजी, एक्स–रे, भिडियो एक्स–रे तथा रगत र पिसाबको निःशुल्क परीक्षण गरिएको थियो। शिविरमा काठमाडौं मेडिकल कलेजले ल्याबको व्यवस्था गरेको आयोजकले जानकारी दिएको छ।