काठमाण्डौ । केही वर्षयता नेपालीहरुको आम्दानीमा सुधार हुँदै गएको देखिन्छ। पछिल्लो एक वर्षको तथ्यांकले पनि यसलाई पुष्टि गर्छ। 

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालीहरुको आम्दानी एक वर्षमै १८१ अमेरिकी डलर अर्थात ११ हजार ८२ रुपैयाँ)ले बढेको छ। गत वर्ष १ हजार १९१ अमेरिकी डलर आम्दानी रहेकोमा यसपाली बढेर १ हजार ३७२ डलर पुगेको छ।

गत वर्षको तथ्यांकअनुसार नेपालीहरुको आम्दानी ११ लाख ४५ हजार ३०२ रुपैयाँ थियो। यसपालि बढेर १ लाख ६७ हजार ३८४ रुपैयाँ पुगेको छ।

सरकारले भने आगामी २५ वर्षमा प्रत्येक नेपालीको आम्दानी साढे १२ हजार डलर पुर्याउने लक्ष्य लिएको छ। तर, सरकारको लक्ष्य भने पूरा हुन कठिन हुने देखिएको छ।