काठमाण्डौ । खाडी क्षेत्रका आधा दर्जन छिमेकी मुलुकले कतारसँग गरेको कुटनीतिक सम्बन्ध बिच्छेदले नेपालबाट हवाई यात्रा गरी कतार जाने यात्रुलाई कुनै प्रभाव नपर्ने सम्बद्ध वायुसेवाले स्पष्ट पारेका छन्।
हाल काठमाडौंबाट कतारको सरकारी वायुसेवा कतार एयरवेज, नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स र नेपाल-चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले सिधा कतारको उडान गर्दै आएका छन्।
यी तीन कम्पनीले दोहाका लागि सातामा २७ उडान गरिरहेका छन्।
‘वैदेशिक रोजगारीका लागि नेपालबाट हवाई यात्रा गरी दोहा जाने कामदार र अन्य यात्रुलाई कुटनीतिक सम्बन्धबिच्छेदले कुनै प्रभाव पार्दैन,’ कतार एयरवेजका नेपालस्थित कार्यालयका एक प्रतिनिधिले भने,‘यहाँबाट दोहा जानलाई कुनै समस्या छैन। हाम्रा सबै उडान नियमित छन् र सबैको सिट भेरिफाइ दर सतप्रतिशत छ।’यो खबर आजको नागरिकमा छापिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19