काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडलाई विगतमा प्रदान गरिएका रेटिङहरुलाई पुनःपुष्टि गरेको छ।

इक्राले एनसीसी बैंकले विगतमा (इक्राएनपी–आईआर) बीबीबी निष्कासनकर्ताको रेटिङ र (इक्राएनपी) एलबीबीबी ऋणपत्रको रेटिङ प्रदान गरेको थियो। यिनै रेटिङलाई इक्राले पुनःपुष्टि गरेको हो। 

(इक्राएनपी–आईआर) बीबीबी रेटिङ प्राप्त गर्ने निकाय तथा (इक्राएनपी) एलबीबीबी रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकाय तथा उपकरणहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। 

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी राय मात्र रहेको र यो कुनै खास ऋणपत्रविशेषको राय भने नरहेको इक्राले स्पष्ट पारेको छ। ऋणपत्रको रेटिङले कम्पनीको कुनै धितोपत्र खरिद, बिक्री तथा स्वामित्वमा राख्न सिफारिस गरेको जनाउँदैन। यसका साथै यो कुनै मूल्य निर्धारण वा सूचीकृत मूल्यबारेको टिप्पणी पनि नरहेको इक्राले जनाएको छ।