काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ को अग्रता कायमै छ ।

पछिल्लो विवरणअनुसार साहले १ हजार ७०६ मत पाएका छन्। साहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन्।

गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ८६८ मत पाएकी छन्।

त्यस्तै, राप्रपाका मदन दासले १६५ मत पाएका छन्।