धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्। 

हालसम्म २ हजार ९५३ मत गणना हुँदा हमालले १ हजार ३८६ मत पाएका छन्। उनले कांग्रेस उम्मेदवार नृपबहादुर वडलाई ५७९ मतले अग्रता लिएका छन्। वडले ८०७ मत पाएका छन् । एमालेका उम्मेदवार रणबहादुर चन्दले १४३ मतमात्रै पाएका छन्।

धनगढीको उपमेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी शान्ति अधिकारीले ६८१ मत पाएकी छन्। उनलाई स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले पछ्याइरहेका छन्। उनले ४८१ मत पाएका छन्। एमालेकी उम्मेदवार ३८४ मतका साथ तेस्रो स्थानमा छिन्।