काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन्। 

साहले आइतबार मध्याह्न १२ बजेको मत परिणामअनुसार २ हजार ६०१ मत प्राप्त गरेका छन्। जब कि उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले १ हजार ४१५ मतमात्र प्राप्त गरेका छन्।

यो हिसाबले बालेनले स्थापितको भन्दा १ हजार १८६ बढी मत प्राप्त गरेका छन्।

मेयरमा कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले १ हजार ३५९ मत पाएकी छन्।