काठमाण्डौ। पूर्वमन्त्री एवं नेकपा एमालेकी सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन्।

स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार थिए। उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन्।

वडा १ मा १८३४ मत खसेको थियो। जसमा विजयी अर्यालले १ हजार ११२ मत ल्याएका छन् भने पराजित पौडेलले ६४५ मतमात्र प्राप्त गरेका छन्। 

पराजित पौडेलले आफ्नो फेसबुक स्टाटसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। ‘चुनावमा गएपछि हार–जित भइहाल्छ। जितेको अवस्थामा जनताकै काम गर्ने हो’, पौडेलले लेखेका छन्, ‘हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो। सबै साथीहरु धैर्य बनौँ।’