काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको स्थानीय निकायको मतगणना अहिले जारी छ। अहिले महानगरको वडा नम्बर २, ३, ४, ५, ३१ र ३२ को मतगणना हुँदैछ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १४ हजार ७७८ मत गणना हुँदै गर्दा मेयरको पदमा शीर्षस्थानमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ५ हजार ६९२ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका केशव स्थापितले २ हजार ९९२ र नेपाल कांग्रेसकी सिर्जना सिंहले २ हजार ६७७ मत प्राप्त गरेकी छन्।

मेयरको प्रत्याशीमा बाघ, मकैको घोगा, पुतली, भुइँकटर, गुलाफको फुल, लालटिन, तिलहरी, रिक्साहमा एक मत प्राप्त गरेका छन्।