काठमाण्डौ । काठमाण्डौ जिल्लाको गोकर्णेश्वर नगरपालिकामा लौरोले खाता खोल्न सफल भएको छ। 

यसपटकको स्थानीय तहको चुनावमा मुलुकभर नै मेयरदेखि वडा सदस्य सम्म लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा लौरो चुनाव लिएर वडाध्यक्षमा उठेका स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका हुन्।

महत वि.सं २०७४ मा गोकर्णेश्वर नगरपालिका–४ को नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए। यसपटक वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका महतले १ हजार २७ मत ल्याएर विजयी भएका छन्।