काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन्। 

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ वैशाखमा सुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन्। 

राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ। 

सोमबार मध्याह्न १२ बजेसम्मको आयोगले दिएको जानकारीअनुसार साहले २ हजार ८५७ मतान्तरले अग्रता कायम राखेका छन्।

साहले ६ हजार १६ मत ल्याउँदा उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार १४१ मत मात्र ल्याएका छन्। कांग्रेसकी गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २ हजार ७८१ मत ल्याएर तेस्रो स्थानमा छिन्। 

यसैगरी राप्रपाबाट उम्मेदवार बनेका कलाकार मदनदास श्रेष्ठले ५५३ मत ल्याएका छन्।