काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको स्थानीय तहको निर्वाचनको मतगणना अहिले राष्ट्रिय सभागृहमा भइरहेको छ। 

महानगरको कुल ३२ वटा वडामध्ये दुईवटा वडाका नतिजा सार्वजनिक भइसकेको छ।

अहिलेसम्मको नतिजाअनुसार नेकपा एमालेबाट उठेका केशव स्थापित र नेपाली कांग्रेसबाट उठेकी सिर्जना सिंहभन्दा ‘लौरो’ चिह्न लिएर उठेका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) झन्डै दोब्बर मतले अघि छन्।  

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार  कुल १५ हजार ५५१ मत गणना हुँदा ५१२ मत बदर भएको छ। अर्थात् ३.२९ प्रतिशत मत बदर भएको छ। मधुरो छाप, डबल छाप, घेराभन्दा बाहिर छाप लगाउँदा मत बदर भएको बताइएको छ। 

मतगणनामा उपस्थित गणकका अनुसार बदर भएको मतपत्रमा अधिकांश मत ‘लौरो’को रहेको छ।