काठमाण्डौ । भरतपुरको मेयरमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले आफ्ना प्रतिद्वन्द्वीसँग मतान्तर फराकिलो पार्दै लगेकी छन्। 

अहिलेसम्म २७ हजार ४३८ मत गन्दा दाहालले प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १ हजार ७१२ मतले पछाडि पारेकी छन्। दाहालले ९ हजार ९७० मत पाउँदा सुवेदीले ८ हजार २५८ मत पाएका छन्।

यस्तै बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४ हजार ५०४ मत पाएका छन्। 

भरतपुरको उपमेयरमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ९५६ मतका अग्रता कायमै राखेका छन्। उनलाई राप्रपाका हिमाल गुरुङले भने ६ हजार ७४२ मतका साथ पछ्याइरहेका छन्।