काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरका साथ अग्रता लिइरहेका छन्।
अहिलेसम्म १ लाख ३५ हजार ६९३ मत गनिएको छ। अब ३१ हजार ३०७ मत गन्न बाँकी छ। काठमाण्डौ महानगरमा १ लाख ६७ हजार मत खसेको थियो।
अहिले वडा ९, १०, १३, १४, १५, २०, २१, २२ र २६ मा मत गणना जारी छ।
अहिलेसम्मको मत परिणामअनुसार बालेनले ४६ हजार ४७६ मत पाएका छन्। कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २७ हजार ७९९ मत ल्याएकी छन्। बालेन र सिर्जनाबीचको मतान्तर १८ हजार ८७७ रहेको छ।
उता तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार केशव स्थापितले २६ हजार ८६१ मत ल्याएका छन्। स्थापित सिर्जनाभन्दा ९३८ मतले पछाडि छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19