काठमाण्डौ। माछापुच्छ्रे बैंकका ग्राककले महाराजगन्जमा रहेका काठमाण्डौ पाथल्याब एन्ड डाइगोनास्टिक सेन्टर प्रालि र ग्यालेक्सी स्पेस्यालिटी क्लिनिक प्रालिमा विशेष छुट पाउने भएका छन्।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले काठमाण्डौ पाथल्याबबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्यसम्बन्धी सुविधा लिँदा २५% सम्म छुट पाउनेछन्।
त्यसैगरी ग्यालेक्सी स्पेस्यालिटीबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्यसम्बन्धी ९स्पेस्यालिटी सेवाहरुमाबाहेक० सुविधाहरुमा २५% सम्म छुट पाउनेछन्।
बैंकका ग्राहकले उक्त छुट, बैंकको डेबिट वा क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार–व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आर्कषक छुट प्रदान गर्दै आएको छ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा, २०५ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago