काठमाण्डौ। एनएमबि बैंक लिमिटेडले नेदरल्यान्ड डेभलपमेन्ट अर्गनाइजेसन (एसएनभी) को रिजल्ट बेस्ड फाइनान्सिङ परियोजनाअन्तर्गत ५ हजार ७२८ सुधारिएको चुल्हो वितरण गरेको छ। बैंकले परियोजनासँग मिलेर उक्त परियोजनाका लागि कोष व्यवस्थापकका रुपमा काम गरेको थियो।

परियोजनाअन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामीण भेगका जनताहरुको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ प्राक्टिकल एसएनभीसँग बैंकले सहकार्य गरेर सुदूरपश्चिम र कर्णालीका विभिन्न ग्रामीण भेगमा सुधारिएको चुल्होहरु वितरण गरेको हो।

बैंकको लघुवित्त विभागले एसएनभीसँग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक कार्य गरिरहेको छ भने यस परियोजनाको साथसाथै अन्य विभिन्न परियोजनाहरुसँग सहकार्य गरेर सेवा प्रदान गर्दै आइरहेको छ। यस परियोजनाले दाउराको खपत घटाएर वनको संरक्षणमा मद्दत पुग्ने, विषेशगरी महिला दिदीबहिनिले भान्छाका लागि गर्नुपर्ने कठिनाइमा कमी ल्याउने, धुँवाधुलोमा कमीका कारणले वायु प्रदूषणमा समेत नियन्त्रण भई समग्र आगलागीको खतरा तथा धुँवा तथा धुलोको कारणले स्वास्थमा आउने रोग तथा विकारहरुमा समेत कमी हुने विश्वास लिइएको छ। 

एनएमबि बैंकले दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ।  

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।