काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि आज जेठ ३० गतेबाट लागू हुने गरी यी दुवै बैंकको सेयर कारोबार रोक्का गरेको हो। बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ बमोजिम इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ। 

इन्भेस्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। इन्भेस्टमेन्ट र मेगाबीच १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर सम्झौता भएको छ।