काठमाण्डौ । गोर्खा इको प्यानलले काठमाण्डौको पुतलीसडकमा पनि शाखा कार्यालय विस्तार गरेको छ। 

भक्तपुरको राधेराधे मध्यपुर थिमिमा मुख्य कर्पाेरेट कार्यालय रहेको गोर्खा इको प्यानलले काठमाण्डौ र ललितपुरवासी ग्राहकलाई भक्तपुरसम्म आउन नपर्ने गरी ग्राहकको सुविधाका लागि पुतलीसडकमा शाखा कार्यालय खोलेर सञ्चालनमा ल्याएको हो। 

पुतलीसडकमा शाखा कार्यालय खोलेसँगै त्यहाँका ग्राहकलाई सुविधा पुग्ने विश्वास कम्पनीका सीईओ इन्जिनियर सुरेश कवांको छ। काठमाण्डौमा माग अत्याधिक बढेपछि ग्राहकको सहजताका लागि शाखा कार्यालय विस्तार गरिएको उनले बताए। 

हेड अफिसबाट जेजस्ता सुविधाहरु उपलव्ध हुन्छन्, ती सवै सेवासुविधाहरु काठमाण्डौ शाखाबाट पनि उपलव्ध हुने कवां बताउँछन्। इको प्यानलको बुकिङ गर्ने, विल काट्ने, इको प्यानलबारे जानकारी लिनेलगायतका सम्पूर्ण सेवासुविधा शाखा कार्यालयबाट पनि हुने जनाइएको छ। 

गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालका रुपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो। यो इन्टरनेसनल ग्रीन डेभलपर्स नेपाल प्रालिद्वारा उत्पादित नेपालमै बनेको पहिलो इको प्यानल हो। यो आईएसओ सर्टिफाइ पनि छ। 

हलुका, भूकम्पप्रतिरोधी, तीव्र निर्माण सम्भव हुनु, अग्नि प्रतिरोधी, ध्वनि प्रतिरोधीलगायतका दर्जनौँ विशेषताहरुका कारण पछिल्लो समय यसको माग देशैभरि अत्याधिक छ। त्यही कारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै ठाउँंठाउँंमा डिलरहरुमार्फत यसको विक्रीवितरण हुँंदै आएको कम्पनीले जनाएको छ।