काठमाण्डौ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु अझ सहज ढंगबाट परिपूर्ति गर्ने अभिप्रायका साथ वेबसाइटमार्फत विभिन्न आवश्यक सेवाहरुका लागि निवेदन दिन मिल्ने व्यवस्था गरेको छ।
प्रारम्भिक रुपमा ग्राहकले बैंकमा नगई आफ्नो डिम्याट, मेरो सेयर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा क्यूआर कोडलगायतका सेवाहरुका लागि अनलाइनमार्फत नै निवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको छ।
वेबसाइटमार्फत ग्राहकले मोबाइल तथा इन्टरनेट बैंकिङको निःशुल्क रेजिस्ट्रेसन/बन्द गर्न/पासवर्ड रिसेट, मेरो सेयरको रजिस्ट्रेसन/नवीकरण/पासवर्ड रिसेट, सीआरएन नम्बर दर्ता तथा जानकारी, क्यूआर कोडको दर्ता÷पासवर्ड रिसेटजस्ता सेवा घरैबाट प्राप्त गर्न सक्नेछन्। यी सबै सेवा बंैकको वेबसाइटमार्फत Smart Services वा https://servicerequests.ctznbank.com/ मा गएर प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ।
यस प्रकारका सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने र डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ। निकट भविष्यमा अन्य थुप्रै सेवाहरुलाई यसमा समावेश गर्दै लाने उद्देश्यका साथ कार्य भइरहेको जानकारी बैंकले गराएको छ।
ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुआत गरिसकेको छ। यसका साथै बैंकका ग्राहकको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ। जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ई–मेल गरी प्राप्त गर्न सक्नेछन्। यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १७५ वटा शाखा, १२५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago