काठमाण्डौ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो ३ बजे राखिएको थियो। 

यो कम्पनीले गत जेठ २० गतेदेखि १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कम्पनीले कुल कित्तामध्ये ६० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी र ७५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी हुन आउने १३ लाख ६५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको थियो। 

क्यापिटलका अनुसार यो आईपीओमा १७ लाख ९१ हजार ८९५ आवेदकबाट २ करोड १ लाख ७१ हजार ७३० कित्ता सेयर माग भएको थियो। तीमध्ये १७ लाख ८९ हजार १५७ आवेदकबाट परेको २ करोड १ लाख ३९ हजार १९० कित्तामात्रै सदर भएको छ। बाँकी २ हजार ७३८ आवेदकबाट माग भएको ३२ हजार ५४० कित्ता सेयर बदर भएको छ। 

मागभन्दा बढी आवेदन परेकै करण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट सदर आवेदकमध्ये भाग्यमानी १ लाख ३६ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी १६ लाख ५२ हजार ६५७ आवेदकको हात खाली भएको छ। 

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटल र निष्कासनकर्ता कम्पनीको बेवसाइट र सीडीएससीको https://iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।