काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले कम्पनीहरु वार्षिकलगायतका शुल्क तिर्न ताकेता गरेको छ।
सीडीएससीले आज (असार ३ गते) एक सूचना प्रकाशित गर्दै धितोपत्र निष्कासनकर्ता कम्पनीहरुलाई वार्षिकलगायतका शुल्क तिर्न ताकेता गरेको हो।
सूचनामा सीडीएससीमा धितोपत्र (सेयर, डिबेन्चर, म्युचुअल फन्ड, अग्राधिकार सेयर) अभौतिकीकरण (डिम्याट) गराएका कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा बुझाउनुपर्ने वार्षिक शुल्क र सफ्टवेयर मर्मत शुल्क बुझाउन आग्रह गरिएको छ।
त्यस्तै सी–आस्बा निर्देशिका, २०७४ को अनुसूची–३ बमोजिम वार्षिक सफ्टवेयर शुल्क यथाशीघ्र सीडीएससीको बैंक खातामा जम्मा गर्न सूचनामा आग्रह गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago