रातो मासुले कोलेस्ट्रोलको मात्रा बढाउने भएकोले भोजनमा मासुको प्रयोग कम गर्ने ।  यदि मासु खानै पर्नेभए छाला भएको मासु खाने । विफ, पोर्क र भेडाको मासु खान छाडेको राम्रो ।

दैनिक भोजनमा ५ देखि १० ग्राम फाइबर समावेश गर्नुपर्छ ।  यसले कोलेस्ट्रोलको मात्रा घटाउँछ।

कोलेस्ट्रोलको खतराबाट बच्नका लागि नियमित रुपमा परीक्षण जरुरीछ । परीक्षणले खराब कोलेस्ट्रोको खतराबारे हुनुका साथै सुरक्षित र स्वस्थ रहन मद्दत मिल्छ ।

न्युन चिल्लोयुक्त भोजनले शरिरमा कोलेस्ट्रोल विकसित हुने खतरालाई कम गर्छ । भोजनमा पर्याप्त फलफुल र सागसब्जी समावेश गरौं । बदाम वा यस्तै खानेकुरामा जोड दिउँ । नियमित भोजनमा प्रयोग हुने तेलको मात्रा घटाउँ ।  

दैनिक तीस मिनेट व्यायाम अनिवार्य गरौं ।

माछामा कोलेस्ट्रोल घटाउने प्रभावकारी तत्व हुन्छ । कोलेस्ट्रोल र ट्राइग्लिसराइडलाई सन्तुलन राख्नको लागि सातामा दुई देखि तीन पटक आफ्नो भोजनमा माछाको परिकार समावेश गरौं ।

अन्डा कम खानुपर्छ ।  कोलेस्ट्रोल रोगको यसलाई मुख्य शत्रु मानिन्छ ।

ग्रिन टी खानुपर्छ ।  यसमा क्याटेचिनस नाम गरेको पदार्थ हुनाले कोलस्ट्रोल घटाउन सहयोग गर्छ ।

पर्याप्त निदाउनुपर्छ । यसले उच्च रक्तचापलाई सन्तुलन गर्नुका साथै तपाईको समग्र शारिरिक र मानसिक स्वास्थ्यमा सुधार आउछ ।

कोलस्ट्रोल लगायत विभिन्न घातक रोगको कारण धुमपान पनि हो ।  त्यसैले धुमपान त्यागेको राम्रो हुन्छ ।

-Agency