काठमाण्डौ । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। 

बीपीडब्ल्यू लघुवित्तले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत असार ८ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो। सेबोनले अनुमति दिएमा यो लघुवित्तले सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ।

बीपीडब्ल्यू लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ बिक्री गर्नेछ। यो आईपीओको बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।