काठमाण्डौ । लगानीकर्ता मौद्रिक नीतिको प्रतीक्षामा रहेको बेला लगातार ८ दिन बढेको सेयर बजारमा आज सामान्य झिनो करेक्सन भएको छ।
प्राविधिक रुपमा दैनिक चार्टमा बजार बोलिंगरको मध्य ब्यान्डभन्दा माथि नै रहेको छ। दैनिक चार्टमार्फत नै क्यान्डल स्टिकलाई हेर्ने हो भने स्पिनिङ टप क्यान्डल बनेको छ। यो भनेको बजारमा अर्निणयको संकेत हो। तर, आवरली चार्टमा हेर्ने हो भने केही अल्पकालीन लगानीकर्ताले बजारमा नाफाबुक गरेको देखिन्छ।
आवरली चार्टमै गत १९ जुनमा मूल्यरेखाले माथिल्लो ब्यान्डलाई छोएर क्रमशः मध्य ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। यो रेखाले केही समय मध्य ब्यान्डमा सपोर्ट लिन सक्छ।
त्यसैगरी आवरली चार्टमा नै म्याक्डीमा भने बियरिस सिग्नल बनेको छ।
आज हिस्टोग्राम नेगेटिभ भएको छ (हेर्नुहोस् म्याक्डीमा कालो एरो)। यसले बजार अल्पकालका लागि सामान्य करेक्सन हुन सक्ने देखिन्छ।
आरएसआई पनि ६८ को ओभर बट जोननजिकबाट घटेर ५६ को तहमा आएको छ। यसले बजारमा अल्पकालीन लगानीकर्ता हावी भएको देखिन्छ।
दैनिक चार्टमा पिभट प्वइन्ट २००० भन्दा माथि रहुन्जेल बजार मजबुत नै रहेको मानिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19